धनगढी: धनगढीमा प्रहरीले ९ जना ह्याकरलाई नियन्त्रणमा लिएको छ।
आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ह्याकरको समूहलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक एक घरमा फ्ल्याट भाडामा लिएर कार्यालय नै खोलेर अनलाइन ठगी गर्ने, बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुको परिचय भने खुल्न बाकी छ। यस्तै उनीहरूको साथबाट १० वटा ल्यापटप पनि बरामद गरिएको बुझिएको छ। यस्तै घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।
Facebook Comments Box