जनकपुरधाम – सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् ।
उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।
Facebook Comments Box