पर्वत : रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।
रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई सँगै कोठामा बस्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरेर घाइते बनाएका थिए।
गत कार्तिक २९ गते सामान्य भनाभनकै क्रममा उनीमाथि छुरा प्रहार भएको थियो। आक्रमण गर्ने गुरुङलाई त्यहाँको प्रहरीले पक्राउ गरिसकेको छ।
Facebook Comments Box