काठमाडौं : दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन्।
खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन्। सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए।
पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन्।
Facebook Comments Box