धनगढी : कञ्चनपुरमा शहीद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का कार्यकर्ता पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो राजसंस्था पुर्नःस्थापनाको माग गर्दै महेन्द्रनगर बजारमा प्रर्दशन गरेको राप्रपाका कार्यकर्ताहरुले भीम बाटिका उद्यानभित्र प्रवेश गरेर शहीद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने राप्रपा० का १८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक९एसपी० श्याम चौधरीले उद्यानको मूल गेटमा लेखिएको भीम बाटिकाको नाम मेटाउदै उद्यानभित्र प्रवेश गरी शहीद पन्तको शालिक तोडफोड गरेको बताए ।
पक्राउ पर्नेमा राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल लगायतका रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।