बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ।
जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सु प प्र ०४००१च००४३ नम्बरको जीप सिगास गाउँपालिका –३ को डुँडै नजिक सोमबार बिहान दुर्घटनामा परेको हो।
जीपमा चालक धर्म कुँवर मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ। जीप सडकबाट करीब तीनसय मिटर तल खसेको छ। जीपमा भने पूर्ण क्षति पुगेको छ।
ब्रेक फेल भएर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । यात्रु लिनका लागि गइरहेको जीप दुर्घटनामा परेको उनले बताए।
Facebook Comments Box