दैलेख : दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो। श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाइ छ।
‘भड्डुमा ढिँडो पकाएको रहेछ। भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन्। टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो,’ लम्सालले भने।
सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box