बैतडी : बैतडीको पाटन नगरपालिका–८ खोड्पे बजारमा ग्लोबल आइएमई बैंकको एटीएम सञ्चालनमा आएको छ।
सोमबार एक कार्यक्रमकाबीच डडेल्धुरा शाखा अन्तरगतको खोड्पे उपशाखाले खोड्पे बजारमा एटीएम सञ्चालनमा ल्याएको हो।
ग्राहकहरूको सहजताको लागि एटीएम सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रकाशदत्त भट्टले जानकारी दिए।
बैतडी, बझाङ्ग र दार्चुलाको प्रवेश द्वारको रूपमा रहेको खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा आएसँगै ग्राहकलाई सहज हुने भट्टले विश्वास व्यक्त गरे।
देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको एकमात्र बैंकको रूपमा रहेको ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा प्रदान गर्ने उद्धेश्यले एटीएम स्थापना गरिएको बैंकले जनाएको छ।
Facebook Comments Box