काठमाडौं : दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गौशाला पुगेका उनी पक्राउ परेका हुन्।
गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।
प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए। त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए। विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन्।
प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन्।