धनगढीः धनगढी उपमहानगरकालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण गर्ने भएको छ।
आइतबार एक सूचना जारी गर्दै उपमहानगरभित्र बसोबास गर्ने नगरबासीलाई विद्युतीय चुलो वितरण गर्ने भएको हो।
उपमहानगरकालिकाले नविकरणीय उर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत सहभागितामूलक विद्युतीय चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए।
विद्युतीय चुलोका लागि नगरबासीले यहीँ मंसिर १८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। वडा कार्यालयको सिफारिससहित निवेदन दिनुपर्ने र उक्त कार्यक्रममा लागतको ३० प्रतिशत रकम स्वयंमले नगदै व्यहोर्नुपर्ने नगरप्रमुख गोपाल हमालले बताए।
Facebook Comments Box