काठमाडौं : काठमाडौं महानगरपालिकाले कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई १ लाख जरीवाना तिराएको छ ।
सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालिद्वारा बजारमा ल्याइएको सिल गरिएको बोटलको पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो भने इन्डस्ट्रिजलाई सुझाव समेत दिएको छ ।
अनुगमन समितिले पानी कम्पनीलाई आगामी दिनमा पानीको बोतलमा ध्यान दिन सुभाव दिँदै पानी भर्नुअघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।
Facebook Comments Box