बर्दिया: बर्दियामा प्रहरी नायव निरीक्षक (सई) घूस रकमसहित पक्राउ परेका छन्।
बढैयाताल गाउँपालिका ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको बताइएको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका हुन्।
आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ।
Facebook Comments Box