डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज सम्पन्न भएको छ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। हिजो रतेडी र आज दिउसेडी लागेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/398308054_365294599190993_7590326763805870411_n-1024x683.jpg)
२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/398041523_1051273899394054_1728833677769671508_n-1024x683.jpg)
उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले आज स्थानीय बिदा दिएको थियो।
छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु भएको थियो।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/398292773_673093458330955_3894254109251248427_n-1024x683.jpg)
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा मेला भर्न हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुगेका थिए।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/398292766_3486931708213635_4240723347761800279_n-1024x683.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/405163007_674515418191202_5825744603400664933_n-1024x683.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/398292764_1527382801361891_4941974131460007361_n-1024x683.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/11/398292766_3486931708213635_4240723347761800279_n-1-1024x683.jpg)