डडेल्धुरा: मध्यपहाडी लोकमार्ग अभियानको सुरुवात गर्न बैतडी जान लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाजेको खिर पसलमा खिर खाएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत शाहुखर्कमा रहेको उक्त पसलमा केही बेर आराम गरेर उनले खिर खाएको तस्बिर सार्वजनिक भएको छ।
उक्त खिर पस स्वर्गीय शेरबहादुर देवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो।
२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’ पसलकै नाममा सञ्चालन गरिरहेका छन्।
Facebook Comments Box