सर्लाही– सर्लाहीमा राजीनामा दिएका एक वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको छन् । जिल्लाको बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले शुत्रबार आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।
वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएपछि वडाध्यक्ष मण्डलले सचिवलाई कुटेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । उनका अनुसार उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो ।
वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेको सचिव पण्डितले सही नमान्दा विवाद भएको हो । त्यसक्रममा वडाध्यक्षले सचिवको टाउकोमा कुर्सी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।
उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ । अहिले उनको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको नगरप्रमुख सिंहले जानकारी दिए।
Facebook Comments Box