कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको शालिक पुन :स्थापना गरिने भएको छ।
यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो।
राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए।
इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले बताए।
२०६२/०६३ को जन आन्दोलन पछि महेन्द्रनगर बजारमा राजा महेन्द्रको शालिक तोडिएको थियो।
Facebook Comments Box