धनगढी: बैतडीमा नेपाली काँग्रेसमा आवद्ध पति–पत्नी नै एमालेमा प्रवेश गरेका छन्। बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमाले प्रवेश गरेका हुन्।
बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा पाटन नगरपालिकाकी पूर्व उपमेयर समेत रहेकी सरस्वती कोली र उनका पति रमेश कोलीलाई पार्टीमा स्वागत गरेका थिए।
सरस्वती २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि हुन् भने उनका पति नेपाल दलित संघको अध्यक्ष हुन्।
Facebook Comments Box