काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन्। उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन्।
उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ। न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए।
तर, अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन्
अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ। तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन। गोलाप्रथाबाट इजलास तोकिन्छ।
Facebook Comments Box