बैतडी : स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।
बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा २०औँ संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको बताएका हुन्।
देशको नम्बर १ खेल क्रिकेट बनिसकेको अवस्थामा पनि स्थानीय सरकारले अझै यो खेलको विकासका लागि स्थानीय तह सक्रिय नरहेका चन्दको भनाइ छ।
उनले भने, ‘स्थानीय तहहरूले क्रिकेट खेलमा लगानी गरिरहेका छैनन्। यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ। युवाहरूको चाहना क्रिकेटमा छ। तर यो खेलप्रति लगानी छैन।’
देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई मात्रै दिने गरेका भए पनि यसको विकासमा ध्यान जान नसकेको चन्दले बताए।
Facebook Comments Box