धनगढी : सुदूरपश्चिममा एक वर्षमा २५२ नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरको तथ्याङ्क अनुसार एक वर्षमा साढे दुई सय नयाँ एचआइभी सङ्क्रमित सुदूरपश्चिममा फेला परेका हुन्।
निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा संक्रमण देखिएको छ । बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ देखिएको निर्देशनालयको तथ्यांक छ ।
प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी सङ्क्रमित २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसंख्यकको मृत्यु भएको बताइएको छ।
Facebook Comments Box