कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा लागुऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
कञ्चनपुर जिल्ला अदालतले २०७७ चैतमा १ महिना २६ दिन कैद सजाय तोकेका बेदकोट नगरपालिका–६ का कमल चौधरी र २०७८ साल पुसमा १ महिना १ दिन कैद तोकिएका भीमदत्त नगरपालिका–१४ का संजोग भन्ने अजय भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
घर ठेगानाबाटै पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box