दार्चुला – व्यासी सौका समुदायको कुञ्चासँगसँगै अपि नाम्प संरक्षण क्षेत्र कार्यालयले आफ्ना कर्मचारी पनि छांगरु पठाउने तयारी गरेको छ । छाङ्गरु स्थित रेन्जपोष्टका कर्मचारी पठाउने तयारी गरेको हो ।
गत कात्तिकमा छांगरुमा हिमपात पछि रेन्जपोष्टका कर्मचारी खलंगा झरेका थिए । अहिले स्थानीयको कुञ्चा सर्ने समय भएपछि रेन्जपोष्टका कर्मचारी पठाउने तयारी गरिएको प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभयो । उहाँका अनुसार रेन्जपोष्टका कर्मचारी पठाउन अनुमति पत्र बनाउने कार्य भइरहेको छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र वनजंगल र त्यहाँको भौगोलिक अवस्था हेरेर फर्किनुभएका प्रमुख संरक्षण अधिकृत पौडेल अहिलेको अवस्थामा छांगरुमा व्यापक जंगल फडानी भएको बताउनुहुन्छ ।
पहिलो पटक हेलिकप्टमार्फत छांगरुको निरीक्षण गरि फर्कनुभएका पौडेलले वन तथा वन्यजन्तुको संरक्षणको लागि सुरक्षा निकायसँग पनि आग्रह गरिएको बताउनुभयो ।
छागरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र नेपाल प्रहरीसँग पनि समन्वय गरि संरक्षणमा ध्यान दिइने बताउनुभयो । विगतको भन्दा अहिले भारतमा चोरी शिकारी कम हुँदै गएपनि वनजंगल फडानी नरोकिएको हुँदा त्यसतर्फ संरक्षण क्षेत्रका कर्मचारी, र सुरक्षा निकायको समन्वय गरिने बताउनुभयो ।