बाजुरा : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्।
नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकारको फेरबदलको गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताएका हुन्।
उनले अहिले सरकार फेरबदलको कुरामा जताततै टिप्पणी भइरहेको तर गठबन्धन र नेपाली काँग्रेस पार्टीमा यस बिषयमा कुनै कुरा नभएको स्पष्ट पारे।
पार्टीबाट पठाएका मन्त्रीको कमी कमजोरीलाई आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाट नै हुनुपर्ने महामन्त्री शर्माको धारणा थियो।
निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको उनको दाबी छ। उनले भने, ´मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ।`
Facebook Comments Box