दार्चुला – दार्चुलामा अधिकांश स्थानीय तहका जनप्रतिनिधि दोहोरिन चाहेका छन् । २ नगरपालिका र ७ गाउँपालिका गरेर कुल ९ स्थानीय तह रहेको दार्चुलामा अधिकांश जनप्रतिनिधिहरू दोहोरिन चाहेका हुन् ।
जिल्लाका ५ वटा स्थानीय तहका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न आकांक्षी छन् । जसमध्ये नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका लेकम गाउँपालिका अपि हिमाल गाउँपालिका तथा दुहुँ गााउँपालिका अध्यक्षहरू दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनिसकेका छन् । त्यस्तै मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका व्यासँ गाउँपालिकाका अध्यक्षहरू पार्टीको निर्णय अनुसार अगाडि बढ्ने बताएका छन् । यस अर्थमा उनीहरू उमेदवार बन्न चाहेको तर पार्टीले टिकट दिने वा नदिनेमा निर्णय नगरिसकेको बुझिन्छ । पार्टीले टिकट दिएमा उनीहरू पनि दोहोरिन चाहेका हुन् । दोस्रो कार्यकालमा लागि उमेदवारी घोषणा गरिसकेका अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले ५ वर्षको समयमा पुरा गर्न नसकेका कामहरूलाई पुरा गर्न आफू दोहोरिन चाहेको बताए । एउटा नमुना र उत्कृष्ट गाउँपालिका बनाउन आफू निरन्तर लागेको छु । अध्यक्ष मन्यालले भने, “भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, सुशासन, विपद् व्यवस्थापनलगायतका कुराहरूमा उत्कृष्ट बनाउन अझै ५ वर्ष काम गर्ने इच्छा लागेको छ ।गाउँपालिका अध्यक्ष मन्याल नेकपा एमाले गाउँकमिटीको निर्णय अनुसार सर्वसम्मत अध्यक्षको उमेदवार बनेका हुन् ।त्यस्तै नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामी र लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशी पनि फेरि ५ वर्ष आफू दोहोरिएर विकास निर्माणका काम गर्ने बताएका छन् ।शैल्यशिखर नगरपालिकामा बहालवाला अमरसिह धामी र राजमती पाल पुन प्रमुख उप्रमुखको उम्मेदवार बनेर चुनावी दौडमा छन् । गठबन्धनले शैल्यशिखर नगरपालिकामा काग्रेसलाई प्रमुख उपप्रमुख छोडेपछि उनीहरु पुन उम्मेदवार बनेका छन् ।
नौगाड गाउँपालिकामा बहालवाला जनप्रतिनिधि उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट ०७४ मा निर्वाचित प्रेमसहि धामी र गौरी ठगुन्नालाई पुन एमालेले उम्मेदवार बनाएको हो । अपिहिमाल गाउँपालिकामा पनि नेकपा एमालेले पुन अध्यक्षमा धर्मानन्द मन्याल र उपाध्यक्ष उर्मीला बोहरालाई नै उम्मेदवार बनाएको छ । उम्मेदवार बनेसँगै उनीहरुले चुनावी प्रचार अभियान सुरु गरेका छन् ।
लेकम गाउँपालिकामा पनि नेकपा एमालेले बहालवाला जनप्रनितिधी अघि सारेको छ । एमालेका तर्फबाट ०७४ मा निर्वाचित अध्यक्ष प्रमानन्द जोशी उपाध्यक्षमा माधवी जोशीलाई उम्मेदवार बनाएको छ ।दुहुँ गाउँपालिकामा नेपाली काग्रेसले बहालवाला अध्यक्ष पुलेन्द्र बहादुर कार्कीलाई पुन उम्मेदवार बनाएको छ । गठबन्धनले दुहुँमा काग्रेलाई अध्यक्ष उपाध्यक्ष छोडेको छ ।
दुहुँको उपाध्यक्ष अझै टुगिंएको छैन् । नेपाली काग्रेसले उपाध्यक्ष पाएको अपिहिमाल, नौगाड, लेकम, दुहुँ र मार्मा उम्मेदवार टुंग्याएको छैन् । व्याँस गाउँपालिकामा बहालवाला अध्यक्ष दिलिपसिह बुढाथोकी नै उम्मेदवार बन्ने सम्भावना छ । उपाध्यक्ष व्याँसमा माओवादीले पाएको छ । मार्मा गाउँपालिकामा माओवादीले बहालवाला अध्यक्ष जमनसिह धामीलाई नै उम्मेदवार बनाएको छ ।
जिल्लाका अधिकांश स्थानीय तहका वडाहरूमा वडाध्यक्षहरू दोहोरिन चाहेका छन् ।पार्टीले टिकट दिएमा अधिकांश वडाध्यक्षहरू पुनः दोहोरिन चाहेका हुन् । दार्चुलामा ३ दलीय गठबन्धन आ–आफ्नो ढङ्गबाट अगाडि बढेका छन् । जिल्लाका शिर्ष नेताहरू निरन्तर छलफलमा रहेपनि स्थानीय तहमा उमेदवार आ–आफ्नो ढङ्गबाट घोषणा गरिरहेका छन् ।
Facebook Comments Box