धनगढी : बाजुरामा एक महिलाले बाटोमै बच्चा (छोरी) लाई जन्मदिएकी छन्। जिल्लाको बुढिनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले बाटोमै बच्चा जन्माएकी हुन्।
सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा उनले बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताइन्।
चदाराका अनुसार उनले स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि सहयोग गरेकी थिइन्। पानसरालाइ अत्याधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चदाराले बताइन्।
योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन्। बाजुरामा पानसरी मात्र नभइ धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन्।
Facebook Comments Box