धनगढी : कञ्चनपुरका राजनीतिक दलले शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड भएको घटनाको घोर भत्सर्ना गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले उक्त घटनाको भत्सर्ना गरेका हुन्।
मंसिर ८ गते राप्रपाद्वारा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको शहिद पन्तको शालिकमा तोडफोड गरिएको थियो।
‘शक्ति प्रदर्शनका क्रममा राप्रपाका केही अराजक उत्शृंखल नेता कार्यकर्ताहरूले भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको महान शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड गर्ने निन्दनिय कामको घोर भत्सर्ना गर्दछौं,’ उक्त विज्ञप्तिमा भनिएको छ।
साथै उनीहरूले सर्वदलिय बैठकका माध्यमवाट उक्त शालिक पुनः व्यवस्थापनका लागि पहल गर्न भीमदत्त नगरपालिकालाई अनुरोध गरेका छन्।
यस्तै, उनीहरूले पुष २८ गतेका लागि राप्रपा कञ्चनपुरले आयोजना गर्ने भनिएको संविधान चोकमा महेन्द्रको शालिक स्थापना गर्ने कार्य संविधानको बर्खिलापमा र व्यवस्थाका विरुद्धमा रहेको हुँदा त्यस्ता क्रियाकलापहरु रोक्नका निमित्त स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएको छ।
हेरौं विज्ञप्ति :