काठमाडौं : अबैध रूपमा प्राकृतिक दोहन गर्ने ५६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले जिल्लाका विभिन्न स्थानबाट मंगलबार ५६ सवारीसाधन नियन्त्रणमा लिएको हो।
प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भई रहेको भन्ने स्थानीय जनगुनासो तथा सूचनाको आधारमा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।
अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा, ओसारपसार गर्ने, भ्याट्बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका बिभिन्न ५६ वटा सवारी साधन (ट्रक, टिप्पर, ट्याक्टर) नियन्त्रणमा लिई कास्की प्रहरीले आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाएको छ
Facebook Comments Box