सुर्खेत: सुर्खेतस्थित सिम्ता गाउँपालिकाका कांग्रेस सभापति वीरेन्द्र रावतलाई बलात्कार आरोप लागेको छ । ५५ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् ।
तर १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितले गुनासो गरेको छ । यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उजुरी दर्ता भएको भन्दै अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।
प्रमाण जुटाएर अदालत पठाउने तयारी भएको प्रहरी प्रवक्ता एवम डिएसपी लक्ष्मणबहादुर शाहीले बताए ।
Facebook Comments Box