काठपाडौं : नक्कली कागजात बनाएको अभियोगमा नेपाल वायुसेवा निगमका अर्का एक जना अधिकृत पनि पक्राउ परेका छन्।
सर्वसाधारणलाई भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा अरबिन्द यादवलाई बिहान १० बजे उनी कार्यरत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ।
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले विमानस्थलमा कार्यरत होमनाथ पोखरेललाई हिजो नियन्त्रणमा लिएको थियो। उनीहरुको भिजिट भिसामा कामदार पठाउने गिरोहमा संलग्नता देखिएको हो।
नक्कली कागजात प्रकरणमा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरेको थियो । तीमध्ये निगमका विश्वनाथ कोइराला पनि हुन्।
Facebook Comments Box