काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ।
खाणको मुद्दामा यसअघि दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्का न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो।
अब न्यायाधीश कोइरालाको इजलासले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छ, त्यही आदेश कार्यान्वयन हुन्छ।
तेस्रो राय दिएमा भने निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।
Facebook Comments Box