काठमाडौँ : पूर्वगृहमन्त्री बालकृष्ण खाँण छुटेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइएका खाँणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाँण छुटिसकेको अख्तियारले जनाएको छ ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाँणलाई त्यसपछि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार पुर्याइएको थियो ।
Facebook Comments Box