काठमाडौं : आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई संघर्ष समितिले अवरोध गरेको छ ।
अनशनमा बस्न धनगढी पुगेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका हुन् ।
अवरोधपछि अनसन बस्न गएका केसी अनसन नबसेरै फर्किएका छन्। डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनसन नबसेरै फर्किका हुन् ।
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनशनमा बस्ने घोषणा गरेका थिए ।
डा। केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग गरेका थिए । तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने संघर्ष समितिका सदस्यहरुले बताए ।