धनगढी : धनगढीमा अवस्थित नवजीवन सहकारी संस्थाको ३० औँ साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न भएको छ ।
धनगढीमा प्रधान कार्यालय रहेको देशकै अग्रिणी सहकारी नवजीवनको ३० औँ साधारणसभा तथा वार्षिकोत्सव शनिबार धनगढीको रुवस होटलमा संस्थाका अध्यक्ष देवबहादुर बमको अध्यक्षता तथा प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष बमले संस्थामा अहिले ३३ हजार शेयर सदस्य रहेको बताउँदै आर्थिक वर्ष २०७९(८० मा १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिएका छन् । उनकाअनुसार संस्थाको अधिकृत शेयर पुँजी ५० करोड रहेको छ ।
२०७९ असार मसान्तको चुक्ता शेयर पुँजी २६ करोड ९५ लाख ६८ हजार रहेकोमा ७।दशमलव ७८ प्रतिशतले बृद्धि भएर २०८० को असार मसान्तसम्म चुक्ता शेयर पुँजी २८ करोड २४ लाख ५४ हजार पुगेको बताए ।
यस्तै सहकारीले चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गरेको छ भने आर्थिक वर्ष २०७९(८० सम्ममा नगद र बैंक मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको संस्थाले जनाएको छ ।
१८, २०, २२, २४ र २७ मंसिरमा सहकारीले बर्दिया बाँसगढी, टिकापुर, सुखड, अत्तरिया र धनगढी लगायत पाँच वटा इकाईगत साधारण सभा सम्पन्न गरेको थियो । उक्त साधारणसभाबाट प्रतिनिधि छनोट गरेर संस्थाको साधारणसभा तथा वार्षिकोत्सव शनिबार धनगढीमा आयोजना गरिएको हो ।
वार्षिकोत्सव समारोहमा नवजीवन सहकारीका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सञ्चालक समितिका पदाधिकारी तथा सदस्य तथा सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।
देशकै अग्रिणी सहकारी नवजीवनले धनगढीसहित कैलालीको टीकापुर, अत्तरिया, सुखड, जोशीपुर र बर्दियाको बाँसगढीमा शाखा कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा संस्थाले अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । साधारण सभा समापन समारोहमा अत्तरिया शाखालाई उत्कृष्ट शाखाका रुपमा सम्मान समेत गरिएको छ ।