कञ्चनपुर – एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुरका सबै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको छ ।
एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुुँवर, दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्दलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयरमा रमिता राना बडायक, पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री, बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा र उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाएको छ ।
लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बनाउने निर्णय भएको छ ।