काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।
स्थानीय तहका निर्वाचनका लागि कांग्रेसको संकल्प सर्वजनिक गरेलगत्तै शीर्ष नेताहरू बैठकमा जुटेका हुन् ।
विराटनगरसहितका महानगर तथा अन्यत्र पनि समस्या देखिन थालेपछि त्यसको व्यवस्थापनको खाका तयार पार्न शीर्ष नेताको बैठक बसेको हो ।
बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ ।
काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएको छ । काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन ।
Facebook Comments Box