कैलाली – कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएकाे छ । कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हाे ।
आइतबार दिउँसो कैलारी गाउंपालिका स्थित बिपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए ।
उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानविय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जाेशीले जानकारी दिए तर आगो भने नियन्त्रणमा आएको छैन । आगलागीको कारण भने खुलेको छैन ।
Facebook Comments Box