काठमाडौं- सुदूरपश्चिम प्रदेशले रितु कनौजियाको कप्तानीमा प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता खेल्ने भएको छ। सुदूरपश्चिममा विन्दु रावल उपकप्तान छिन्।
यस्तै कविता जैशी, सम्झना खड्का, शोभा रोकाय, अनु खडायत, सावित्रा धामी, लक्ष्मी साउद, मनिषा चौधरी पनि टोलीमा छन्। यस्तै राधिका पुजारा, रेवती धामी, जानकी थापा, रुबी पोदार पनि टिममा छन्।
यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउने छन्।
Facebook Comments Box