धनगढीः कैलालीमा सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।
मदिरा र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए।
उनका अनुसार दुई सयजना दुर्व्यसनीलाई राख्न मिल्ने क्षमताको आसरा सुधार केन्द्र केही दिनमै सञ्चालनमा आउन लागेको छ। तत्काल ५० जना दुव्र्यसनी राखेर सुधार केन्द्र सुरुवात गरिनेछ।
जसका लागि धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरी कार्यालयलाई एक बिघा १८ कट्ठा जग्गा र भवन उपलब्ध गराएको छ। प्रहरी महानिरीक्षकबाट सुधार केन्द्रको उद्घाटन गराउने तयारी छ।
Facebook Comments Box