काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन्।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले उक्त जानकारी गराएका हुन्।
कोभिड १९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको उनको भनाइ थियो।
८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको जानकारी शर्माले दिए। वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृतका लागि बन मन्त्रालयमा दुई वटा प्रतिवेदन पेस भएको उनको भनाइ छ।
Facebook Comments Box