काठमाडौं : नेपाल सुपर लिगमा झापा एफसी शीर्ष चारमा पुगेको छ।
आज दशरथ रंगशालामा भएको खेलमा दोस्रो स्थानको धनगढी एफसीलाई २-० गोलले पराजित गर्दै झापा चौथो स्थानमा उक्लिएको हो।
धनगढीले लिगमा पहिलो हार बेहोरेको हो। झापाको जितमा अन्जन बिष्टले ५३ र समिराज थोकरले ७७ मिनेटमा गोल गरे।
जितसँगै झापाले ७ खेलबाट १० अंक बटुल्दा धनगढीको १२ अंक छ।
Facebook Comments Box