काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments Box