कञ्चनपुर- कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको हो । आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो ।
दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई भागबण्डा गरिएको प्रमुखको जिम्मेवारी तोकेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।
दहरुलाई आजै उम्मेदवारको टुंगो लगाएर मनोनयन गरिसक्नुपर्ने छ । आज बेलुका ५ बजेसम्म मात्रै मनोनयन दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । गठबन्धनकै लागि समय खर्च हुँदा दलहरुले उम्मेदवार सार्वजनिक गर्न सकेका थिएनन् ।
Facebook Comments Box