कैलाली– स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनले भागबण्डा टुंग्याएको छ । सत्ता गठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने सहमति भएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितको पालिका कांग्रेसको हुने, माओवादीले जितेको पालिका माओवादीको हुने र एकीकृत समाजवादीले सनाखत गरेको पालिका समाजवादीको हुने गरी सहमति भएको हो ।
साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वानसमेत गरिएको छ । गठबन्धन दलबीच आइतबार रातिसम्म पालिका भागबण्डाका विषयमा छलफल भएको थियो ।
Facebook Comments Box