टीकापुर : कैलालीको टीकापुर नगरपालिका-१ मा अवैध रूपमा सञ्चालित एक मेडिकलमा प्रहरीले छापा मारेको छ।
टीकापुर–खक्रौला सडकखण्डमा रहेको न्यू आलोक ट्रेडर्सको भित्रपट्टी अवैध रूपमा सञ्चालित मेडिकलमा प्रहरीले छापा हानेको हो।
नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले स्थानीय ४७ वर्षीय दुर्गाप्रसाद कुश्मीले सञ्चालन गरेको मेडिकलमा छापा हानेको हो।
मेडिकलको बाहिर न्यू आलोक ट्रेडर्सका नाममा मदिरा तथा किराना पसल सञ्चालनमा छन्। मेडिकल दर्ता नभएको प्रहरीको दाबी छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी विश्वराज अधिकारीले अवैध रूपमा सञ्चालनमा आएको मेडिकलमा प्रदेश प्रहरीको टोलीले छापा हानेको बताउँदै थप अनुसन्धान भइरहेको बताए।
Facebook Comments Box