धनगढी : कैलालीबाट ३८ लाख मुल्य बराबरको अबैध सामान प्रहरीले बरामद गरेको छ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्टको टोलीले गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो जिपबाट कपडा, किर्केट ब्याट, स्केल रक्लिप बोर्ड समेत गरी १८ लाख ५४ हजार ६ सय १० रुपैँया मुल्य बराबरको सामान र २०लाख मुल्य बराबरको सु.प.प्र.०१-००१ च ३१६९ नं. को बोलेरो जीप बरामद गरी भंसार कार्यालय कैलाली पठाईएको छ ।
चालक कञ्चनपुर बेदकोट नगरपालिका १० बस्ने बिरेन्द्र रानालाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box