काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई परराष्ट्र मन्त्रालयबाट त्यहाँस्थित नेपाली राजदूतावासमार्फत पत्र पठाइएको हो ।
राजदूतावासले ऐनसेल आजियाटाको सिइओलाई शुक्रबार पत्र पठाएको जानकारी दिएको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिले पाँच दिन अघि पठाएको पत्र आज मात्रै राजदूतावासले सिइओलाई पठाएको हो ।
समितिले चार दिन भित्र इमेलमार्फत जानकारी गराउन भनेको थियो । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि राजदूतावास मार्फत पत्राचार भएको हो । अर्थ समितिले अब हचुवाको भरमा एनसेल शेयर विवादबारे बैठक नराख्ने भन्दै सभापति चालिसेले एनसेलको सिइओले हुबहु पत्र ल्याएपछि जनतालाई त्यो पत्र देखाएर जनतालाई सुसूचित गर्ने बताएका छन् ।
Facebook Comments Box