काठमाडौं – भक्तपुरमध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी हुँदा करोडौँको सामान जलेर नष्ट भएको छ ।
स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको हो ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ ।
गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको बताए ।
Facebook Comments Box