कञ्चनपुरः सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल ३ का दुई अडिसन सम्पन्न भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा शिक्षा शाखाको समन्व्यमा बेलौरीको जवदियामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा आइइलको तेह्रौं र र बेलौरी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा चौधौं अडिसन सम्पन्न भएको हो ।
शुक्रबार भएको चौधौं अडिसनमा बेलौरी नगरपालिकामा शिक्षा शाखाका निमित्त प्रमुख अमितप्रसाद भट्टले शिक्षा शाखाको समन्व्यमा बेलौरीमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता र स्तरीयता दिनु पर्ने कुरामा जोड दिए। तेह्रौं अडिसनमा बोल्दै लक्ष्मी मा।वि।का प्र।अ। विरेन्द्र सिंह भण्डारीका यस्तो कार्यक्रम विद्यालयमा अपरिहार्य भएको बताए भने चौधौं अडिसनमा बोल्दै महाकाली मा।वि।का प्र।अ। रमेश सिंह भण्डारीले एसईईका विद्यार्थीहरुका लागि मात्र नभएर अन्य तहका विद्यार्थीहरुका लागि पनि यस्तै कार्यक्रम आयोजना गर्न आयोजकसँग आग्रह गरे।
नृत्य र गायन विधाको प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आइडलका अडिसन धमाधम आयोजना हुने क्रममा आज मिलन स्कुलमा बाह्रौँ अडिसन सम्पन्न भएको हो। एसईई आइडल ३ का सुदुरपश्चिमका ९ वटै जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसन गरिनेछ। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्।