Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप समेत जारी गरेको छ । प्रदेशसभा सदस्य ओमबिक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरिएको जानकारी दिए । बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

Read More

धनगढी : कञ्चनपुरको बेलौरीमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन । बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए । बिहिवार बिहान आफनो टोली करिब ४ बजेको समयमा फरार रहेका युवकलाई खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीको क्रममा ती युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसा भित्र सुतेको अवस्थामा पक्राउ गरिएकोे बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक…

Read More

काठमाडौं : जननेता मदन भण्डारी र जीवराज आश्रितको आज ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। एमालेले आज पनि मदन नगर बल्खुमा कार्यक्रमको आयोजना गर्ने भएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो…

Read More

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।  बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर…

Read More

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने उसको अडान छ। गत मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा ‘टेबल’ हुन सकेन। कांग्रेसकै अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेन। संसद्को अवरोध हटाउने विषयमा सभामुखले गरेकाे प्रयास सफल हुन सकेको छैन। सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले भने गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेको छ। त्यसपछि आवश्यक परे समिति गठन गर्न सकिने…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।  आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ ।  नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।   अब भने एमालेले  सोडारीलाई विश्वासको मत दिने भएको छ ।  सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत…

Read More

काठमाडौँ : हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा…

Read More

धनगढी : कञ्चनपुरको बेलौरीमा एक शिक्षकको हत्या गरिएको छ । स्थानिय लक्ष्मी माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक लक्षी चन्दको हत्या गरिएको हो । चन्दलाई बैतडी घर भएका महेश भण्डारीले ढुङ्गा प्रहार गरेको र उपचारको क्रममा धनगढीमा मृत्यु भएको बुझिएको छ । हत्यामा संलग्न भण्डारी फरार रहेका छन् । भण्डारी खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : डोटी प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नक्कली डाक्टर दार्चुलाको महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन्। उनीहरूलाई डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको सूचनाका आधारमा मंगलबार दिपायल सिलगढी नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो। उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्र बहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधवार दुवै जनाविरुद्ध इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईका अनुसार दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत…

Read More

काठमाडौं : बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा आज साँझ छ बजे आसपासमा दुर्घटनामा परेको हो । साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए । दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताए । घाइतेहरुलाई…

Read More