Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । उनी शनिबार पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

Read More

काठमाडाैँ- नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो । सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए । ‘कार्यक्रममा कुनै पनि सुरक्षा थ्रेट नहोस् र कार्यक्रम शान्तिपूर्ण रुपमा सफल होस् भनेर हामीले १५ सय सुरक्षाकर्मी माग गरेका हौं,’ उनले भने, ‘यसबाहेक आफ्नोतर्फबाट गर्ने सुरक्षा प्रवन्ध त हामी गर्छौैं । निजी सेक्युरिटी कम्पनीबाट सेक्युरिटी हायर गर्दैछौं ।’ गुरुड सेक्युरिटीबाट…

Read More

काठमाडौं – पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (आइतबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको…

Read More

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना बनेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भएको संरचना कूल लागत रु एक करोड ५७ लाख छ । काठमाडाँैस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनीका सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री…

Read More

बलेवा- हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो । बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ । जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताउनुभयो । साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार…

Read More

काठमाडौं- वैदेशिक रोजगारीमा जान अब श्रम स्वीकृति लिन नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले कामदारलाई नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउन लागेको छ । विदेश जाने कामदारले श्रम स्वीकृति लिने व्यवस्था २ वैशाखदेखि खारेज गर्ने वैदेशिक रोजगार विभागको तयारी छ । सम्बन्धित मुलुकले भिसा जारी गरेपछि फेरि आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनावश्यक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनले भने, ‘कामदार रोजगारीका लागि जुन मुलुकमा जाने हो, सोही मुलुकसँगै श्रम स्वीकृति लिनुपर्छ ।’ नागरिकले सरकारबाट पासपोर्ट पाउनु भनेकै कुनै पनि मुलुकमा जान योग्य भएको प्रमाण हो । त्यस्तै, गन्तव्य मुलुकले कामदारको नाममा भिसा जारी गर्नु भनेकै कामदारलाई…

Read More

भक्तपुर- भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ…

Read More

कञ्चनपुर- कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छन्। बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५ किलोतौल समूहमा लुम्बिनी प्रदेशकी सिर्जना चन्दलाई पराजित गर्दै सिंहले स्वर्ण जितेकी हुन्। यसअघि १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा सिंहले कुस्तीमा कास्य पदक जितेकी थिइन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बाँकेको डुडुवा गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्तीमा सुदूरपश्चिमका खेलाडीले एक स्वर्णसहित पदक जितेको बताए। “दुई वटा महिला र दुई पुरुष तौल समूहमा मात्रै खेलाडीलाई सहभागी गराइएको थियो”, उनले भने, “हरेक राष्ट्रिय प्रतियोगितामा हामीले स्वर्ण नजितेको इतिहास छैन।” त्यसैगरी उक्त प्रतियोगितामा ६५ किलोतौल समूहमा लक्ष्मी…

Read More

बैतडी- राष्ट्रिय भूमि आयोग बैतडीले पूर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपिल) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरूमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनीहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।

Read More

कञ्चनपुर- सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी राज्यमा मात्रै नभई यस भाषाको प्रभाव भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत रहेको इतिहासका जानकारको भनाइ छ । “परिवारमा जति मातृभाषा बोल्ने गरियो, त्यतिनै त्यो भाषा समृद्ध हँुदै जान्छ भन्ने मान्यता छ । नयाँ पिँढीका युवायुवतीले बाह्य भाषासँग बढी हिमचिम बढाउँदा सुदूरपश्चिम प्रदेशकै धेरै वक्ता…

Read More